बेनिटेज एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त काठमाडौं। इंग्लिस क्लब एभर्टनले रफायल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। कार्लो एन्सेलोटी रियाल मड्रिड गएपछि रिक्त रहेको प्रशिक्षकमा बेनिटेजलाई ल्याइएको हो। बेनिटेजले गत सिजन चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी सम्हालेका थिए। अघिल्लो सिजन न्युकासल युनाइटेडको प्रशिक्षक रहेका उनले त्यसअघि रियल मड्रिड, लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लबको नेतृत्व गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्