अन्ततः सान्चो इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित एजेन्सी। इङ्ल्यान्डका युवा स्टार जाडोन सान्चो अन्ततः म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएका छन्। बोरुसिया डर्टमण्डका विंगर सान्चोलाई भित्र्याउन युनाइटेडले ७ करोड ३० लाख पाउण्ड खर्च गरेको जनाइएको छ। यससँगै सान्चो युनाइटेडको दोस्रो महंगो खेलाडी बनेका छन्। युनाइटेडले यसअघि रक्षक ह्यारी म्यागुएरलाई लेस्टर सिटीबाट आठ करोड पाउण्डमा अनुबन्ध गरेको थियो। सान्चोले युनाइटेडसँग पाँच वर्षको सम्झैता गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्