दोस्रो वरियताप्राप्त साबालेन्का अन्तिम–३२ मा
एजेन्सी। दोस्रो वरियताप्राप्त आर्यना साबालेन्काले बेलायतकी केटी बोउल्टरलाई २–१ को सेटमा हराउँदै विम्बल्डन टेनिसको अन्तिम–३२ मा स्थान बनाएकी छन्। बेलारुसकी २३ वर्षीया साबालेन्काले बोउल्टरलाई ४–६, ६–३, ६–३ को सेटमा हराएकी हुन्। साबालेन्काले विम्बल्डनको तेस्रो चरणमा स्थान बनाएको यो पहिलो पटक हो। उनले अब कोलम्बियाकी मारिया कामिला सेरानो र रूसकी इकातेरिना एलेक्जान्द्रोभाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्