बेलायतका एन्डी मरे अन्तिम–३२ मा एजेन्सी। बेलायतका एन्डी मरेले गएराति संघषपूर्ण जित निकाल्दै विम्बल्डन टेनिसको तेस्रो चरणमा स्थान बनाएका छन्। मरेले जर्मनीका ओस्कार ओटेलाई ६–३, ४–६, ४–६, ६–४, ६–२ को सेटमा हराएका हुन्। ३४ वर्षे मरेले अब तेस्रो चरणमा क्यानडाका डेनिस शापोवलोभविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। स्पेनका पाब्लो एन्डुजरले चोटका कारण प्रतियोगिताका छाडेपछि दशौं वरियाताका शापोवलोभले तेस्रो चरणमा स्थान बनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्