स्विटेक विम्बल्डनको तेस्रो चरणमा एजेन्सी। पोल्यान्डकी २० वर्षीया इगा स्विटेकले विम्बल्डन टेनिसको तेस्रो चरणमा स्थान बनाएकी छिन्। सातौं वरियाताप्राप्त स्विटेकले रुसकी भेट्रान खेलाडी भेरा जभानोरेभामाथि ६–१, ६–३ को सहज जित निकालेकी हुन्। २०२० को फ्रेन्च ओपन विजेता स्विटेकले रोमानियाकी इरिना–कामेलिया बेगुविरुद्ध खेल्नेछिन्। बेगुले क्रोएसियाकी पेट्रा मार्टिकलाई ७–५, ६–७(७/९), ६–३ ले हराएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्