टिमको स्कोर ९ हुँदा ओपनर इशान पाण्डे (५) लाई पहिलो विकेटको रूपमा गुमाए पनि पारस र आरिफले दोस्रो विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज जित दिलाएका हुन्। नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा पहिलो शतकीय साझेदारी गर्ने क्रममा पारस र आरिफले १४५ रन जोडे।
टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो उच्च साझेदारी हो। यसअघि सन् २०१४ को टी–२० विश्वकपमा पारसले शरद भेषावकरसँग मिलेर चौथों वकेटका लागि ८५ रनको साझेदारी गरेका थिए।
यस्तै यसअघि नेपालको लागि टी–२० अन्तर्राष्ट्रियमा तीन अर्धशतक प्रहार गरिसकेका पारसले पहिलो शतक प्रहार गर्दै कीर्तिमान समेत बनाएका हुन्।
पारस नेपालका लागि ओडिआईमा समेत शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। यस्तै पारसले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनसमेत बनाएका छन्। पारसले २२ खेल खेल्दै १ शतक र ३ अर्धशतकको मद्दतमा ६३१ रन बनाएका छन्।
इन्डियन एसोसिएसन मैदानमा घरेलु टोली सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो। नेपाली बलरले मिश्रित प्रदर्शन गर्दा सिंगापुरले डेढ सय रन पूरा गर्न सफल भएको थियो।
सिंगापुरका लागि कप्तान टिम डेभिडले अर्धशतक प्रहार गरे। उनले नटआउट ६४ रन बनाए। यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन जोडे। जनक प्रकाश २५ रनमा नटआउट रहे।
नेपालका लागि बलिङमा करण केसीले २ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चिए।
यसै खेलमार्फत नेपालको सिनियर टिमबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सुशन भारीले १ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए।
सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिए भने विकेट लिन सकेनन्। सबैभन्दा महँगा बनेका सोमपालले बिना विकेट ४ ओभरमा ४४ रन खर्चिए ।
पहिलो खेलमा जिम्बावेविरुद्ध पराजित भएको नेपालले सिंगापुरलाई हराएपछि  सिरिजमा २ अंक जोडेको छ। कप्तान पारसले आजको खेलमा दुवै टोलीले राम्रो ब्याटिङ गरेको प्रतिक्रिया दिए।
“आज विकेट राम्रो थियो। टिमले राम्रो ब्याटिङ गर्‍यो। डेथ ओभरमा हामीले बलिङमा कमब्याक गर्‍यौँ। १७०–१८० रन भएको भए केही गाह्रो हुन सक्थ्यो। उनीहरुले पनि राम्रो ब्याटिङ गरेको थियो।”
शतक प्रहार गरेका पारस म्यान अफ दि म्यच समेत भए।
"> टि-२० अन्तर्राष्ट्रियमा पारसको ऐतिहासिक शतक, सिंगापुरविरुद्ध नेपालको बदला: Dekhapadhi
टि-२० अन्तर्राष्ट्रियमा पारसको ऐतिहासिक शतक, सिंगापुरविरुद्ध नेपालको बदला
काठमाडौं। कप्तान पारस खड्काको ऐतिहासिक शतक मद्दतमा नेपालले ट्राई नेशन टी–२० सिरिजमा घरेलु टोली सिंगापुरमाथि ९ रनको शानदार जित हासिल गरेको छ।
गत जुलाईमा सिंगापुरमै भएको आइसीसी टी–२० क्रिकेट विश्वकप छनोटमा सिंगापुरसँग हार बेहोरेको नेपालले यस पटक उसैको मैदानमा त्यसको बदला लिएको छ।
ओपनर पारस खड्काले नटआउट १०६ रन बनाएपछि नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य १६ ओभर खेल्दै मात्र एक विकेट गुमाएर पूरा गरेको हो।
पारसले ५२ बल खेल्दै ७ चौका र ९ छक्का प्रहार गरे। यस्तै आरिफ शेखले ३८ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ३९ रन बनाए।
टिमको स्कोर ९ हुँदा ओपनर इशान पाण्डे (५) लाई पहिलो विकेटको रूपमा गुमाए पनि पारस र आरिफले दोस्रो विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज जित दिलाएका हुन्। नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा पहिलो शतकीय साझेदारी गर्ने क्रममा पारस र आरिफले १४५ रन जोडे।
टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो उच्च साझेदारी हो। यसअघि सन् २०१४ को टी–२० विश्वकपमा पारसले शरद भेषावकरसँग मिलेर चौथों वकेटका लागि ८५ रनको साझेदारी गरेका थिए।
यस्तै यसअघि नेपालको लागि टी–२० अन्तर्राष्ट्रियमा तीन अर्धशतक प्रहार गरिसकेका पारसले पहिलो शतक प्रहार गर्दै कीर्तिमान समेत बनाएका हुन्।
पारस नेपालका लागि ओडिआईमा समेत शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। यस्तै पारसले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनसमेत बनाएका छन्। पारसले २२ खेल खेल्दै १ शतक र ३ अर्धशतकको मद्दतमा ६३१ रन बनाएका छन्।
इन्डियन एसोसिएसन मैदानमा घरेलु टोली सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो। नेपाली बलरले मिश्रित प्रदर्शन गर्दा सिंगापुरले डेढ सय रन पूरा गर्न सफल भएको थियो।
सिंगापुरका लागि कप्तान टिम डेभिडले अर्धशतक प्रहार गरे। उनले नटआउट ६४ रन बनाए। यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन जोडे। जनक प्रकाश २५ रनमा नटआउट रहे।
नेपालका लागि बलिङमा करण केसीले २ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चिए।
यसै खेलमार्फत नेपालको सिनियर टिमबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सुशन भारीले १ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए।
सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिए भने विकेट लिन सकेनन्। सबैभन्दा महँगा बनेका सोमपालले बिना विकेट ४ ओभरमा ४४ रन खर्चिए ।
पहिलो खेलमा जिम्बावेविरुद्ध पराजित भएको नेपालले सिंगापुरलाई हराएपछि  सिरिजमा २ अंक जोडेको छ। कप्तान पारसले आजको खेलमा दुवै टोलीले राम्रो ब्याटिङ गरेको प्रतिक्रिया दिए।
शतक प्रहार गरेका पारस म्यान अफ दि म्यच समेत भए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्