फुटबल टिममा कोभिड–१९ पुर्नपरीक्षण गर्दा १३को नतिजा नेगेटिभ काठमाडौं। राष्ट्रिय फुटबल टिममा कोभिड–१९ परीक्षण पोजेटिभ देखिएको २० जनामध्ये पुर्नपरीक्षण गर्दा १३ खेलाडीको रिपोर्ट नेगेटिभ आएको एन्फा प्रवक्ता किरण राईले बताए। यसअघि शुक्रबार आएको रिपोर्टमा खेलाडी र अफिसियल गरी २० जनाको कोभिड–१९ पोजेटिभ देखिएको थियो। ठूलो संख्यामा खेलाडी र अफिसियलमा संक्रमण भेटिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्