युरोकपमा स्पेनलाई स्वीट्जरल्यान्डको चुनौती
काठमाडाैं। युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज स्वीट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। रूसको सेन्ट पिटर्सबर्गमा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुदैछ। दुई टोलीबीच हालसम्म २२ पटक प्रतिस्पर्धा भएको छ। जसमा १६ खेल स्पेनले जित्दा १ खेल स्विट्जरल्यान्डले जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ। क्वाटरफाइनलमा स्थान बनाउन स्वीट्जरल्याण्डले फ्रान्सलाई हराउँदा स्पेनले क्रोएसियालाई पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस्