युरोकपमा दुई बलिया टोली बेल्जियम र इटाली भिड्दै एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। दुई टोलीबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जित्दा ५ खेल बेल्जियमले जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ। क्वाटरफाईनलमा पुग्न बेल्जियमले पोर्चुगललाई र इटालीले अस्ट्रियालाई पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्