१२ वर्षीय बालक अभिमन्यु मिश्रा बने चेसको इतिहासमा सबैभन्दा कान्छा ‘ग्रान्डमास्टर’
काठमाडौं। मात्र १२ वर्षको उमेरमा अभिमन्यु मिश्राले इतिहास रचेका छन्। उनले चेसको इतिहासमा आपूmलाई सबैभन्दा कान्छो ‘ग्रान्डमास्टर’ को रुपमा स्थापित गरेका छन्। उनले सेर्गी कार्जाकिन्सको रेकर्ड तोडेका हुन्। यसअघि सबैभन्दा कान्छो ग्रान्डमास्टरको रेकर्ड सेर्गीले १२ वर्ष सात महिनामा राखेका थिए। अमेरिकाको न्युजर्सीमा जन्मिएका अभिमन्युले १२ वर्ष ४ महिना २५ दिनमा विश्वको सबैभन्दा कान्छो ग्रान्डमास्टरको रेकर्ड बनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्