![](https://img.dekhapadhi.de/uploads/posts/1625289992.tokha-nagarpalika-1.jpg)
टोखाको वजेट पारित, कांग्रेसद्धारा बैठक बहिस्कार
काठमाडौं।काठमाडौंको टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ।टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको एक अर्ब ८९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट पास गरेको हो। बजेट टोखाको समग्र विकासका लागि लक्षित नभइ आगामी निर्वाचनलाई प्रभाव पार्नेगरी आएको भन्दै कांग्रेसका जनप्रतिनिधीहरुले भने बहिस्कार गरेका छन्।
प्रतिक्रिया दिनुहोस्