![](https://www.dekhapadhi.com/uploads/posts/1625301914.Check Republic.jpg)
डेनमार्कलाई चेक रिपब्लिकको चुनौती
एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक रिपब्लिकको सामना गर्दैछ। अजरबैजानको ओलम्पिक रंगशाला बाकुमा हुने खेल नेपाली समयअनुसार राती ९ः४५बजेबाट सुरु हुँदैछ। यी दुई टोलीबीच हालसम्म ११पटक प्रतिस्पर्धा भएको छ। जसमा चेक रिपब्लिकले ३ खेल जित्दा डेनमार्कले २ खेल जितेको छ। दुई टोलीबीचको ६ खेल बराबरीमा सकिएको छ। अन्तिम १६मा डेनमार्कले वेल्सलाई र चेकले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्