‘ए’ डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी काठमाडौं। असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले विदेशी खेलाडीको रुपमा दुई अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ। एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मिडफिल्डर मोसुके ओलुमो र स्ट्राइकर स्टेफेन समिरलाई क्लब भित्र्याएको हो। चार पटकको लिग च्याम्पियन एनआरटीले लिगको नयाँ सिजनको लागि चार विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्ध गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्