डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा एजेन्सी। चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोलबर्गले एक/एक गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए। डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। १९९२ मा डेनमार्क युरो च्याम्पियन बनेको थियो। सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्