क्रिकेट ब्याटलाई छिमेकी श्रीमतीसँग तुलना गरेका कार्तिकले मागे माफी, आमा र श्रीमतीको गाली एजेन्सी।भारतीय क्रिकेटर दिनेश कार्तिकले इङ्ल्याण्ड र श्रीलंकाबीचको दोस्रो एक दिवसीय क्रिकटका दौरान दिएको विवादास्पद कमेन्टलाई लिएर माफी मागेका छन्।दिनेशले भनेका थिए,“धेरैजसो ब्याट्म्यान आफ्नो ब्याट मन पराउँदैनन्।अर्को ब्याट्म्यानको ब्याट मन पराउँछन्। क्रिकेट ब्याट छिमेकीको श्रीमती जस्तै हो। सधैं अर्कैको राम्रो लाग्ने।” सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको आलोचना भएको थियो भने घरमै आमा र श्रीमतीले पनि गाली गरेको उनले सेयर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्