कोपा अमेरिकाः पहिलो सेमिफाइनलमा ब्राजिललाई पेरुको चुनौती
एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत भोली बिहान हुने पहिलो सेमिफाइनलमा साविक विजेता ब्राजिलले पेरुको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ४ः४५ बजेबाट सुरु हुनेछ। ब्राजिलले क्वाटरफाइनलमा चिलीको चुनौतीलाई पन्छाएको थियो भने पेरुले पराग्वेलाई पराजित गरेको थियो। यी दुई टोलीबीच हालसम्म ४९ पटक प्रतिस्पर्धा भएको छ। जसमा ब्राजिलले ३५ पटक र पेरुले ९ पटक जित्दा ५ खेल बराबरीमा सकिएको छ।
प्रतिक्रिया दिनुहोस्