कप्तान केन टोनह्याममै बस्ने प्रबन्ध निर्देशक पाराटिसीको विश्वास एजेन्सी। टोटेनह्यामका नयाँ प्रबन्ध निर्देशक फाबियो पाराटिसीले कप्तान ह्यारी केन क्लबमै बस्ने विश्वास व्यक्त गरेका छन्। २७ वर्षी केनको सम्झौता २०२४ मा समाप्त हुन्छ। तर फरवार्ड केनको नाम विभिन्न क्लबसँग जोडिएर चर्चामा छ। ‘‘केनलाई राख्ने मेरोमात्र नभई क्लबको चाहना हो,’’ पाराटिसीले भने। सातौं स्थानमा रहेर प्रिमियर लिगको अन्त्य गरेको टोटेनह्यामले नुनो स्पिरिटो सान्टोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्