![](https://www.dekhapadhi.com/uploads/posts/1625622469.Ashleigh-Barty.jpg)
विश्व नम्बर एक बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा
काठमाडौं।विश्व नम्बर एक एश्ली बार्टी विम्बल्डन टेनिसको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेकी छन्। अस्ट्रेलियन अज्ला टोमल्जानोभिकलाई हराउँदै बार्टीले पहिलोपटक विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएकी हुन्। २५ वर्षीया बार्टीले ६–१ र ६–३ को सोझो सेटमा जित निकालिन्। उनले फाइनल प्रवेशका लागि एन्जेलिक्वी केर्बेरसँग प्रतिस्पर्धा गर्नेछिन्। २०१८ को विम्बल्डन विजेता केर्बेर क्यारोलिना मुुकोभालाई ६–२ र ६–३ को सेटमा हराउँदै अन्तिम चारमा पुगेकी हुन्।
प्रतिक्रिया दिनुहोस्