राम्रो साथी इरिक्सन आजको खेलमा नहुँदा दुःख लागेको छ : केन एजेन्सी। इङ्ल्यान्डका कप्तान ह्यारी केनले आजको खेलमा डेनमार्कका क्रिष्टियन इरिक्सन टिममा नहुँदा दुःख लागेको बताएका छन्। फिनल्यान्डविरुद्धको पहिलो खेलमा इरिक्सन हृदयघातका कारण मैदानमै ढलेका थिए। त्यसपछि इरिक्सन मैदानबाहिर छन्। टोटेनह्यामका पूर्वसहकर्मीबारे केनले थपे,‘‘डेनमार्कको सफलतामा उनी एक मुख्य पात्र थिए। उनीलाई जे भयो त्यो दुःखद हो। तथापि उनी ठीक भएका छन्। राम्रो साथी आजको खेलमा नहुँदा दुःख लागेको छ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्