एसियन कप छनोटका लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं। राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। चोटका कारण नियमित फरवार्ड सावित्रा भण्डारी टिममा छैनन्। घुँडाको शल्यक्रियाका लागि साबित्रा कतारमा छिन्। नेपालसम्मिलित छनोट प्रतियोगिताको समूह ‘एफ’मा फिलिपिन्स र हङकङ छन्। नेपालमै प्रतियोगिता २८ भदौबाट सुरू हुनेछ। बन्द प्रशिक्षण साउन ३ गतेबाट हुने एन्फाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्