![](https://www.dekhapadhi.com/uploads/posts/1625668040.Messi.jpg)
मेसीपछि अर्जेन्टिनी फुटबलको नयाँ हिरो गोलकिपर मार्टिनेज
एजेन्सी। लामो समयदेखि लियोनल मेसी अर्जेन्टिनी फुटबलको केन्द्रमा छन्। तर कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियाविरुद्ध तीन पेनाल्टी बचाइदिएपछि अर्जेन्टिनी फुटबलले नयाँ हिरो पाएको छ, गोलकिपर इमिलियानो मार्टिनेज। कोलम्बियालाई ३–२ ले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको छ। जीतपछि कप्तान मेसीले भने, ‘‘परिस्थिति जटिल थियो। तर हामीसँग मार्टिनेज थिए। उनी असाधारण छन्। हामीले उनलाई विश्वास गर्यौं। उनले हाम्रो लक्ष्य पुरा गरे।’’
प्रतिक्रिया दिनुहोस्