![](https://www.dekhapadhi.com/uploads/posts/1625675198.Liton Das.jpg)
लिटोन दासको ब्याटिङले बंगलादेश सम्मानजनक स्थितिमा
एजेन्सी। लिटोन दासले ९५ र महमुदुल्लाहले ५४ रन बनाएपछि जिम्बाब्वेविरुद्धको टेष्ट क्रिकेटमा बंगलादेश सम्मानजनक स्थितिमा पुगेको छ। पहिलो दिन सकिँदा बंगलादेश २९४÷८ को स्थितिमा छ। बंगलादेशका महमुदुल्लाह ५४ र तस्किन अहमेद १३ रन बनाएर क्रिजमा छन्। बंगलादेशका कप्तान मोमिनुल हकले ७० र शदमन स्लामले २३ रन बनाए। जिम्बाब्वेका ब्लेसिङ मुजरबानीले तीन र डोनाल्ड टिरिमले तीन विकेट लिए।
प्रतिक्रिया दिनुहोस्