५५ वर्षपछि इङ्ल्यान्ड ठूलो प्रतियोगिताको फाइनलमा काठमाडाैं।इङ्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ।गएराति डेनमार्कलाई २–१ ले हराउँदै पहिलोपटक युरोकपको फाइनलमा पुग्यो। यसअघि सन् १९६६ मा विश्वकप जितेयता इङ्ल्यान्ड कुनै प्रतियोगिताको फाइनलमा पुग्न सकेको थिएन। २०१८ को विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएको थियो भने १९६८ र १९९६ को युरोकपको सेमिफाइनलमा पुगेको थियो। इङ्ल्यान्डले उपाधिका लागि १२ जुलाईमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली स्पेनलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्