युरो–२०२०ः त्यो पेनाल्टी थिएन : वेंगर
एजेन्सी। आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले युरो–२०२० को सेमिफाइनलमा इङ्ल्यान्डलाई दिइएको पेनाल्टी निर्णय सही नभएको बताएका छन्। थप समयको १४औं मिनेटमा इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। ह्यारी केनले हानेको प्रहार डेनमार्कका गोलकिपर कास्पर स्माइकलले बचाए पनि रिबाउन्डमा गोल गरेका थिए। तर वेंगर भन्छन्, ‘‘त्यो पेनाल्टी थिएन। भिडियो सहायक रेफ्रीले पनि किन रेफ्रीलाई पूर्नविचार गर्न भनेन मलाई अचम्म लागेको छ।’’
प्रतिक्रिया दिनुहोस्