‘हाकिमी पीएसजीलाई बेच्ने निर्णय पिडादायी थियो’
एजेन्सी।इन्टर मिलानका प्रमुख कार्यकारी अधिकृत न्युसेप मारोट्टाले आच्रफ हाकिमी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई बेच्ने निर्णय निकै पीडादायी रहेको बताए। मोरोक्कोका हाकिमी मंगलबार ६ करोड ८० लाख युरोमा फ्रेन्च लिग वान क्लब पीएसजीसँग अनुबन्ध भएका छन्।रियाल मड्रिडबाट इन्टरसँग अनुबन्ध भएका हाकिमीले सात गोल गर्नुका साथै नौ गोलमा अवसर सिर्जना गरिदिएका थिए। इन्टरले दशकपछि सिरी ‘ए’ उपाधि पनि जितेको थियो।
प्रतिक्रिया दिनुहोस्