पाकिस्तानविरुद्धको पहिलो एक दिवसीयमा इङ्ल्यान्ड ९ विकेटले विजयी एजेन्सी। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको जित निकालेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ३५.२ ओभरमा सबै विकेट गुमाएर १४१ रन बनायो। १४२ रनको लक्ष्य इङ्ल्यान्डले २१.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डका डेविड मालनले अविजित ६८ र ज्याक क्राउलेले अविजित ५८ रन बनाए। इङ्ल्यान्डका साकिब महमुदले चार विकेट लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्