युरो–२०२० को फाइनल नेदरल्यान्ड्सका रेफ्री काइपर्सले खेलाउने एजेन्सी। नेदरल्यान्डका रेफ्री वियोर्न काइपर्सले युरोपियन च्याम्पियनसिपको फाइनल खेल खेलाउने भएका छन्। आइतबारराति हुने युरो–२०२०को फाइनलमा इङ्ल्यान्ड र इटालीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपको फाइनल खेलाउने काइपर्स नेदरल्यान्ड्सका पहिलो रेफ्री हुन्। २०१४ विश्वकपको समूह चरणमा इङ्ल्यान्ड र इटाली भिड्दा पनि ४८ वर्षे काइपर्सनै रेफ्री थिए। उक्त खेलमा इटाली २–१ ले विजयी भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्