इङ्ल्यान्डको भूमि भए पनि इटाली डराउँदैन– बोनुची एजेन्सी। इटालीका रक्षक लियोनार्दो बोनुचीले युरो–२०२० को फाइनल इङ्ल्यान्डको भूमिमा भएपनि आफूहरू खेल्न नडराउने बताएका छन्। इटालीले आइतबार उपाधिका लागि इङ्ल्यान्डविरुद्ध लन्डनको वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दैछ। इङ्ल्यान्ड भ्रमणमा कडाई गरिएकाले ९० हजार दर्शक क्षमता रहेको वेम्बलीमा इटालीका समर्थक एक हजारको हाराहारी मात्र हुनेछन्। ‘‘इङ्ल्यान्डको समर्थक धेरै हुन्छन्। त्यसले हामीलाई झन् उत्प्रेरणा मिल्छ,’’ ३४ वर्षे बोनुचीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्