इङ्ल्यान्डविरुद्धको फाइनल रोमाञ्चक हुन्छ– भेराट्टी एजेन्सी। इटालीका मिडफिल्डर मार्को भेराट्टीले इङ्ल्यान्डविरुद्ध युरो–२०२० को फाइनल खेल रोमाञ्चक हुने बताएका छन्। इटालीले आइतबार राती लन्डनको वेम्बली रंगशालामा उपाधिका लागि इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार सम्पन्न सेमिफाइनलमा डेनमार्कलाई २–१ ले हराउँदै इङ्ल्यान्डले उपाधि भिडन्त पक्का गरेको थियो। पीएसजीका मिडफिल्डर भेराट्टीले इङ्ल्यान्ड फाइनलको हकदार भएको बताए। इटालीले टाईब्रेकरमा स्पेनलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्