आइतबार इटालियनका लागि विशेष दिन– बेरेट्टिनी
एजेन्सी। पहिलोपटक ग्राण्डस्लाम फाइनल पुगेका माट्टेयो बेरेट्टिनीले आइतबार इटालियनहरूका लागि विशेष दिन भएको बताएका छन्। २५ वर्षे बेरेट्टिनीले विम्बल्डनको फाइनलमा आइतबार नोभाक जोकोभिचविरुद्ध खेल्दैछन्। आइतबारै इटालीले युरो–२०२० को उपाधिका लागि इङ्ल्यान्डविरुद्ध खेल्दैछ। बेरेट्टिनीले भन्छन्, ‘‘२०१८ को विश्वकपमा छनोट हुन नसकेको इटाली युरो–२०२० को फाइनलमा छ। विम्बल्डनमा पहिलोपटक इटालियन फाइनल खेल्दैछ। त्यसैले इटालियनहरूका लागि यो विशेष दिन हो।’’
प्रतिक्रिया दिनुहोस्