२०२२ बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्ने प्रस्ताव पारित
एजेन्सी। युरोपेली युनियन (इयु)को संसदले चीनको बेइजिङमा सन् २०२२ मा आयोजना गरिने शीतकालीन ओलम्पिकलाई ‘कूटनीतिक बहिष्कार’ गर्ने प्रस्ताव पास गरेको छ। चीनले मानवअधिकारको हनन् गरेका कारण शीतकालीन ओलम्पिक बष्किार गर्ने निर्णय गरिएको इयूले जनाएको छ। इयूले उइगुर मुसलमान र हङकङका लोकतन्त्र समर्थकको पक्षमा उभिने जनाएको छ। उइगुर मुसलमान र हङकङका लोकतन्त्र समर्थकलाई चीनले अत्याचार गरेको दाबी इयूको छ।
प्रतिक्रिया दिनुहोस्