विश्व नम्बर एक बार्टीलाई प्लिसकोभाको चुनौती
एजेन्सी। शीर्ष वरीयाताकी एश बार्टीले आज विम्बल्डन टेनिसको उपाधिका लागि क्यारोलिना प्लिसकोभाविरुद्ध प्रतिस्पर्धा गर्दैछिन्। अष्ट्रेलियाकी बार्टी र चेक गणतन्त्रकी प्लिसकोभा दुवै पहिलोपटक विम्बल्डनको फाइनल खेल्दैछन्। विम्बल्डनमा १९७७ पछि पहिलोपटक यस्तो भएको हो। आठौं वरीयाताप्राप्त २९ वर्षिया प्लिसकोभा पहिलो ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा छिन्। २५ वर्षिया बार्टीले २०१९ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। यसअघिको सातमध्ये पाँच खेल बार्टीले जितेकी छन्।
प्रतिक्रिया दिनुहोस्