विम्बल्डन टेनिसको इतिहासमा पहिलो महिला चेयर अम्पायर एजेन्सी। विम्बल्डन टेनिस इतिहासमा पहिलोपटक पुरूष एकलको फाइनलमा महिला चेयर अम्पायर हुने भएकी छन्। आज अल इङ्ल्यान्ड क्लबमा नोभाक जोकोभिच र माट्टेयो बेरेट्टेनीबीच हुने फाइनल क्रोएसियाकी ४३ वर्षीया मरिया किचकले खेलाउनेछिन्। किचक गोल्ड ब्याज चेयर अम्पायर हुन्। उनी २०१२ देखि डब्लूटीए एलिट टिममा सदस्य छिन्। किचकले २०१४ मा महिलातर्फको फाइनल खेलाएकी थिइन्। उनी लगातार १५ वर्षदेखि विम्बल्डनमा काम गरिरहेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्