दोस्रो पटक इटाली बन्यो युरोपियन च्याम्पियन
एजेन्सी। इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै इटालीले दोस्रोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। इटालीले लन्डनस्थित वेम्बली रंगशालामा इङ्ल्यान्डलाई टाइब्रेकरमा ३-२ ले हराएको हो। इटालीले यसअघि १९६८ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। निर्धारित ९० र थपिएको ३० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको हो। टाइब्रेकरमा तीन खेलाडी गोल गर्न चुकेपछि पहिलोपटक युरोपियन च्याम्पियन बन्ने इङ्ल्यान्डको सपना समाप्त भयो।
प्रतिक्रिया दिनुहोस्