पेनाल्टीमा गोल गर्न चुकेका इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदी व्यवहार
एजेन्सी। युरोकपको फाइनलमा इटालीसँग पराजित भएपछि टाइब्रेकरमा गोल गर्न नसकेका खेलाडीमाथि रंगभेदी व्यवहार भएको छ। खेलाडीहरुमाथि अनलाइन माध्यमहरुमा रंगभेदी व्यवहार भएपछि इंग्ल्याण्डको फुटबल एसोसिएसन(एफए) ले त्यसको निन्दा गरेको छ। मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साका गोल गर्न चुकेका थिए। गोल नगर्ने तीनै जना खेलाडी अश्वेत हुन्। एफएले सबै प्रकारका विभेदको कडा निन्दा गर्ने उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस्