इटाली गोलकिपर डोनारुमा बने युरो–२०२० को सर्वोत्कृष्ट खेलाडी एजेन्सी। इटालीको गोलकिपर जियानलुइजी डोनारुमा युरो–२०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। २२ वर्षे डोनारुमा इङ्ल्यान्डविरुद्धको फाइनलमा दुई पेनाल्टी बचाएका थिए। इटालीले इङल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधि जितेको थियो। डोनारुमाले युरो–२०२० मा ७१९ मिनेट खेले। समूह चरणका तीन खेल क्लिनसिट राखेका डोनारुमाले चार गोलमात्र खाएका थिए। उनले स्पेनविरुद्ध पनि महत्वपूर्ण पेनाल्टी बचाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्