टोकियो ओलम्पिकः महामारीमा पनि टुटेन खेलाडीभन्दा पदाधिकारी धेरै जाने परम्परा एजेन्सी। जापानमा जुलाई २३ बाट हुने टोकियो ओलम्पिकमा नेपालबाट १७ पदाधिकारी जाने भएका छन्। जबकी खेलाडी जम्मा पाँच र प्रशिक्षक चार जना छन्। एनओसीका पदाधिकारी ९ जना, रापेखबाट ४, युवा तथा खेलकुद मन्त्रालयबाट एक, मेडिकल टिम एक, टोकियोस्थित नेपाली दुतावासबाट दुई जना छन्। नेपालकी गौरिका सिंह, एलेक्जान्डर ग्याडिगार्ड शाह, सरस्वती चौधरी, कल्पना परियार र सोनिया भट्टले नेपालको चुनौती पेश गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्