साबित्राको बिहीबार कतारमा शल्यक्रिया हुने
काठमाडौं। नेपाली महिला फुटबल टिमको फरवार्ड सावित्रा भण्डारीको बिहीबार कतारको एस्पेटर अस्पतालमा शल्यक्रिया हुने भएको छ। गत फागुनमा सम्पन्न महिला राष्ट्रिय लिगमा सावित्राको दायाँ घुँडामा चोट लागेको थियो। एसीएलमा चोट लागेको सावित्राको दोहास्थित एस्पेटर अस्पतालमा शल्यक्रिया हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। सावित्रा नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।
प्रतिक्रिया दिनुहोस्