सावित्राको घुँडाको सफल शल्यक्रिया
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ। सावित्राको दोहास्थित अस्पेटर अस्पतालमा एसीएलको शल्यक्रिया सफल भएको सावित्राले बताइन्। नेपालबाट सबभन्दा धेरै गोल गरेकी सावित्राको गत फागुनमा सम्पन्न महिला राष्ट्रिय लिगमा चोट लागेको थियो। एपीएफकी सावित्राको दाँया खुट्टामा चोट लागेको थियो। चोटकै कारण सावित्राले लिगको अन्तिम दुई खेल गुमाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्