दुई अतिरिक्त ट्वान्टी–२० खेल खेल्न न्युजिल्यान्ड क्रिकेटलाई पिसिबिको आग्रह एजेन्सी। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि) ले यस वर्ष हुने पाकिस्तान भ्रमणमा दुई अतिरिक्त ट्वान्टी–२० खेल खेल्न न्यु जिल्यान्ड क्रिकेटलाई आग्रह गरेको छ। न्यु जिल्यान्ड क्रिकेट टिमले युएईमा हुने ट्वान्टी–२० विश्वकप अघि तीन एक दिवसीय र तीन ट्वान्टी–२० खेलको लागी सेप्टेम्बर–अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने तालिका रहेको छ। पिसिबिले दुई अतिरिक्त खेलका लागी आग्रह गरे पनी खेल्ने पक्का भने भएको छैन। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्