खेलाडी कति दुःखी छन् शब्दमा भन्न सकिँदैन– कप्तान अरूणा काठमाडौं। एक महिनादेखि कडा मिहिनेत गरिरहेको नेपाली महिला भलिबल टिमले फिलिपिन्समा भदौ ३ बाट हुने एभिसी एसियन च्याम्पियनसिप खेल्न नपाउने भएको छ। कोभिड–१९ का कारण रेड जोनमा रहेका नेपाललगायतका टिमको नाम नराखी आयोजकले समूह विभाजन गरेको थियो। ‘‘पहिलोपटक खेल्न लागेको प्रतियोगिताका लागि कत्रो सपना, मिहिनेत सबै सकियो। खेलाडी सबै दुःखी छन्। म शब्दमा भन्नै सक्दिनँ,’’ कप्तान अरूणा शाही भन्छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्