पूर्व विश्व विजेता श्रीलंकाले पहिलो चरण खेल्नुपर्ने एजेन्सी। पूर्व विश्व विजेता श्रीलंकाले ट्वान्टी–२० विश्वकपमा पहिलो चरणमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। आईसीसी ट्वान्टी–२० वरियाताको नवौं स्थानमा रहेपछि श्रीलंकाले पहिलो चरणको समूह ‘ए’मा प्रतिस्पर्धा गर्नुपरेको हो। भर्खरै पूर्ण सदस्य भएको अफगानिस्तानले सिधै सुपर–१२ खेल्नेछ। श्रीलंका २०१४ को विश्वकपमा विजेता तथा २००७ र २०११ मा उपविजेता बनेको थियो। श्रीलंकाले समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्