चेल्सीका फरवार्ड जिरौड मिलानसँग अनुबन्ध एजेन्सी। चेल्सीका फरवार्ड ओलिभर जिरौड औपचारिक रूपमा इटालियन क्लब एसी मिलानसँग अनुबन्ध भएका छन्। जिरौड कति रकममा मिलान गएका हुन भन्ने खुलाइएको छैन। फ्रान्सका ३४ वर्षे जिरौड २०१८ जनवरीमा आर्सनलबाट १ करोड ८० लाख पाउन्डमा चेल्सी गएका थिए। जिरौडले गत सिजन चेल्सीबाट ३१ खेलमा ११ गोल गरेका थिए। उनले प्रिमियर लिगमा आठ खेल मात्र खेलेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्