रंगभेदी दुर्व्यवहार भएपछि जर्मनी फुटबल टिमले बीचमै छाड्यो खेल
एजेन्सी। जर्मनीको ओलम्पिक पुरुष फुटबल टोलीले रंगभेदी दुर्व्यवहार भएको भन्दै खेल सकिन पाँच मिनेट बाँकी हुँदा बीचमै मैदान छाडेको छ। होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा रक्षक २३ वर्षे जोर्डन टोरनारिघामाथि रंगभेदी दुर्व्यवहार भएका कारण नखेल्नुको विकल्प नभएको जर्मनीका प्रशिक्षक स्टेफन कुन्टजले बताए। बन्द रंगशालामा १–१ को बराबरी हुँदा रोकिएको खेल पुनः खेलाइएन। होन्डुरसले गलत बुझाई भएको ट्विटमार्फत जनाएको छ।
प्रतिक्रिया दिनुहोस्