मैत्रीपूर्ण खेलमा डर्टमण्ड पराजित एजेन्सी। जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्ड सिजन पूर्वको मैत्रीपूर्ण खेलमा बोहमसँग ३–१ ले पराजित भएको छ। बोहमका सोमा नोभोथने, सिल्भेरे गानभोउला र हबर्ट बोकहोमले गोल गरे। डर्टमण्डका मार्को पासालिकले गोल गरे। डर्टमण्डले यसअघि गिइसेनलाई २–० ले हराएको थियो। डर्टमण्डले अब स्पेनिस ला लिगाको एथलेटिक विल्बाओविरुद्ध अर्को शनिबार खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्