कान्काकफ गोल्डकपमा कतारको शानदार जित एजेन्सी। अक्रम अफिफको उत्कृष्ट प्रदर्शनप्रेरित कतारले आज बिहान कान्काकफ गोल्डकपमा ग्रेनेडालाई ४–० ले हराएको छ। जितसँगै चार अंक जोडेको कतार समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ। ग्रेनेडा अंकबिहीन छ। फिफा विश्वकप–२०२२ को आयोजक कतारको जितमा अफिफले एक गोल आफैंले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिए। अन्य गोल अब्दुल्लाजिज हातेम, मोहम्मद मुन्तरी र अल्मोइज अलीले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्