बुन्डेसलिगा च्याम्पियन बायर्न पराजित एजेन्सी। जर्मन बुन्डेसलिगा विजेता बायर्न म्युनिख सिजनपूर्वको मैत्रीपूर्ण खेलमा कोलनसँग ३–२ ले पराजित भएको छ। बायर्नले अर्मिन्डो सिएबको गोलबाट छैटौं मिनेटमै अग्रता लिए पनि जोगाउन सकेन। कोलनका मार्क उथले दुई गोल गरे। जान थिइलमनले एक गोल गरे। बायर्नका लागि अर्को गोल जोसुवा जिर्कजीले गरे। बायर्नले अब शनिबार आयाक्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबाचविरुद्धको खेलबाट बुन्डेसलिगा सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्