लगातार दोस्रोपटक टुर दी फ्रान्सको उपाधि पोगाकरलाई एजेन्सी। पुरानो साइक्लिङ प्रतियोगिता फ्रान्स दी टुरको उपाधि लगातार दोस्रोपटक जित्ने टाडेज पोगाकर पहिलो युवा खेलाडी बनेका छन्। स्लोभेनियाका २२ वर्षे पोगाकरको गत वर्ष डेब्यूमै उपाधि जितेका थिए। पोगाकरले डेनमार्कका जोन्स भिनगेगार्डलाई पाँच मिनेट २० सेकेन्डले पछि पारेका थिए। तेस्रो स्थानमा रहेका इक्वेडरका रिकार्ड कारापज सात मिनेट दुई सेकेन्डले पछि परे। जितपछि पोगाकरले भने,"रूटमा एक्लै कुद्न अदभूत महसुस हुनेरैछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्