लिभरपुलका मिडफिल्डर मार्को ग्रुजिच पोर्टोमा
एजेन्सी। पोर्चुगिज क्लब पोर्टोले लिभरपुलका मिडफिल्डर मार्को ग्रुजिचलाई स्थायी खेलाडीको रूपमा अनुबन्धित गरेको छ। लिभरपुलले मंगलबार सर्बियन मिडफिल्डर मार्को पोर्टोमा स्थायी खेलाडीको रूपमा अनुबन्ध भएको जनाएको हो। सन् २०१६ मा लिभरपुल आएका २५ वर्षीय मिडफिल्डर मार्कोले गत सिजन पोर्टोबाट लोनमा खेलेका थिए। उनले गत सिजन पोर्टोका लागि ३९ खेलमा २ गोल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्