इङ्ल्यान्डले पाकिस्तानविरुद्धको ट्वान्टी–२० शृंखला २–१ ले जित्यो एजेन्सी। जासन रोएको ६४ रनप्रेरित इङ्ल्यान्डले गएराति पाकिस्तानलाई तीन विकेटले हराउँदै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ। मोहम्मद रिजवानले ७६ रन बनाएपछि ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले पहिलो खेल ३१ रनले जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्